• Saturday 25th July 2026

नेपालमा फेसबुक, युट्युब, ट्वीटरलगायत २६ वटा सामाजिक सञ्जालमाथि प्रतिवन्ध, के हुन्छ अब ?

नेपालमा फेसबुक, युट्युब, ट्वीटरलगायत २६ वटा सामाजिक सञ्जालमाथि प्रतिवन्ध, के हुन्छ अब ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। सरकारले सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि सरकारले प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले सूचीकरणका लागि सम्पर्कमा नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मन्त्री गुरुङ, मन्त्रालयका अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि यो निर्णय सार्वजनिक भएको हो ।

सञ्चार मन्त्रालयले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलना सम्बन्धी मुद्दामा सामाजिक सञ्जाल सूचीकरणका लागि नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो । उक्त आदेश अनुसार भदौ ९ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सूचीकरणका लागि अनुरोध गर्दै सञ्चारमन्त्रालयले भदौ १२ गते सूचना सार्वजनिक गरेको थियो । सूचना अनुसार तोकिएको समयमा सूचीकरणमा नगरेका सामाजिक सञ्जाललाई बन्द गर्न मन्त्रालयले बिहीबार दूरसञ्चार प्राधिकरणलाई दिर्नेशन दिएको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend