• Saturday 25th July 2026

भैरहवा भन्सार सुचारु

भैरहवा भन्सार सुचारु


  • लुम्बिनी रिभ्यू

भैरहवा, जेनजी आन्दोलनका कारण भएका तोडफोड र आगजनीले अवरुद्ध बनेको भैरहवा भन्सार नाका सुचारु हुन थालेको छ ।
भैरहवा भन्सार नाकाबाट शुक्रवारदेखि नै अत्यावश्यक सामाग्रीको साथमा अन्य औद्योगिक कच्चा पदार्थ तथा व्यापारिक सामान पनि प्राथमिकताको आधारमा छुट्न थालेका छन् ।

देशको आन्तरिक सुरक्षा अवस्थालाई ध्यानमा राख्दै भन्सारबाट सामान छुटाउन थालिएको भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले बताउनुभयो ।

कार्यालयको भौतिक संरचना तथा बैंकमा तोडफोड र आगजनी गरेर ध्वस्त बनाइएको भए पनि काठमाडौंमा रहेको डाटा सेन्टरको माध्यमबाट अनलाइन प्रणालीको प्रयोग गरि सेवा सुचारु गरिएको हो ।
जेनजी आन्दोलन सुरु भएपछि यही सोमवारदेखि नै भैरहवा भन्सार कार्यालयबाट सामान जाँचपास प्रक्रिया प्रभावित भएको थियो । मंगलवारदेखि पूर्ण रुपमा सेवा अवरुद्ध भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend