• Saturday 25th July 2026

सुनको भाउ बढेको बढयैः रेकर्ड माथि रेकर्ड

सुनको भाउ बढेको बढयैः रेकर्ड माथि रेकर्ड

सुनको मूल्य एक महिनामै प्रतितोला २१ हजार ६ सय रुपैयाँले बढेको छ ।


  • लुम्बिनी रिभ्यू

काठमाडौं , असोज १ । सुनको मूल्य एक महिनामै प्रतितोला २१ हजार ६ सय रुपैयाँले बढेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने हल्ला, जिओपोलिटिकल कारण सबै क्षेत्रबाट सुनमा लगानी बढेपछि मूल्यमा रेकर्डमाथि रेकर्ड बनेको हो ।
लगानीको हिसाबले सुरक्षित मानिने सुनमा लगानी बढ्दा एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा भाउ करिब ४० प्रतिशतले बढेको छ । एक वर्षअघि प्रतिऔंस सुनको मूल्य २६ सय अमेरिकी डलरमा कारोबार भएको थियो । अहिले बढेर प्रतिऔंस ३६८३ डलरदेखि ३७०२ डलरसम्म कारोबार भइराखेको छ ।‍

अन्तर्राष्ट्रिय बजारमा भइराखेको मूल्यवृद्धिले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको छ । गत वैशाखयता सुनको मूल्य तोलामै ३२ हजार ८ सय रुपैयाँले बढेको छ । भदौ महिनाको मात्रै तुलना गर्दा २१ हजार ६ सय रुपैयाँ बढेको हो ।

‘मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य निर्धारण गर्दा प्रतिऔंस ३६८३ डलर भएपनि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३७०२ डलरसम्म पुग्यो । यहाँ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुग्यो, यो मूल्य अहिलेसम्मकै उच्च हो,’ गहना विज्ञ तेजरत्न शाक्यले भने, ‘नेपालमा मूल्य बढ्नुको अर्को कारण अमेरिकी डलरको सटही दरमा भारु र नेपाली रुपैयाँको अवमूल्यन पनि हो । त्यही कारण अभाव छोइनसक्नु भएको छ ।’

महासंघले भदौ महिनामा मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३४७ अमेरिकी डलर बढेको देखिन्छ । नेपाली बजारमा भने २१ हजार ६ सय रुपैयाँ बढेको छ । महासंघले भदौ १ मा मूल्यनिर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ६ डलर थियो । यहाँ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो । भदौ ३१ मा अन्तर्राष्ट्रिय बजारमा मूल्य ३६८३ डलर थियो । महासंघले नेपालका लागि प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको थियो ।

‘भदौ ३१ र असोजको तुलना गर्दा अन्तर्राष्ट्रिय बजारमा १ डलर घटेको देखिन्छ । तर डलरका कारण नेपाली बजारमा प्रतितोला १ हजार रुपैयाँ घटेर २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भयो,’ शाक्यले भने, ‘भदौ ३१ को मूल्यबाहेक असोज १ को मूल्य पनि रेकर्ड नै हो ।’

महासंघका अनुसार भदौ १३ देखि स्थानीय बजारमा प्रतितोला २ लाख रुपैयाँ नाघेको छ । भदौ १३ मा महासंघले प्रतितोला २ लाख ६ सय रुपैयाँ तोकेको थियो । अन्तर्राष्ट्रिय बजारमा भदौ १३ मा प्रतिऔंस ३४१० डलरमा कारोबार भएको थियो । त्यसपछि भने मूल्य २ लाख तल झरेको छैन । रेकर्ड माथि रेकर्ड बनाएको छ ।
कान्तिपुरबाट

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend