• Saturday 25th July 2026

तिहार लगत्तै घट्याे सुनकाे मूल्य, प्रतितोला दुई लाख ४१ हजार नौ सय

तिहार लगत्तै घट्याे सुनकाे मूल्य, प्रतितोला दुई लाख ४१ हजार नौ सय


  • लुम्बिनी रिभ्यू

काठमाडौँ ।  सुन तोलामा ११ हजार ६ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आइतबार   सुन प्रतितोला दुई लाख ४१ हजार नौ सय रुपियाँ निर्धारण गरेको छ । यसअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपियाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते सुनको मूल्य करिब ५ प्रतिशत घटेको थियो । असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ । एक औंस बराबर २.४३ तोला हुन्छ ।

नेपालमा भने सार्वजनिक बिदा परेसँगै महासंघले कात्तिक ४ र त्यसयता मूल्य समायोजन गरेन । यसको प्रभाव आइतबार मात्रै देखिएको हो । असोज ३१ गते सुन मूल्य हालसम्मकै उच्च प्रतितोला दुई लाख ५८ हजार रुपियाँ पुगेको थियो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend