• Saturday 25th July 2026

जापानमा फेरि जम्दै प्रख्यात नेपाली ब्यान्ड नेपथ्य

जापानमा फेरि जम्दै प्रख्यात नेपाली ब्यान्ड नेपथ्य


  • लुम्बिनी रिभ्यू

टोकियो । नेपालकाे प्रख्यात ब्यान्ड नेपथ्यले बिहीबारदेखि जापानका तीन प्रमुख सहर नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्दैछ ।

जापानमा नेपथ्यको यो यात्रा नोभेम्बर १३ बिहीबार नागोया सहरको ‘नागोया लाइभ्स’ सभागृहबाट सुरु हुनेछ।

नागोयामा नेपथ्यको यो पहिलो प्रस्तुति हो। पाँच दिनपछि नोभेम्बर १८ मङ्गलबार ब्यान्ड राजधानी टोकियोको प्रसिद्ध ‘टोकियो डोम सिटी हल’ मा प्रस्तुत हुनेछ।

यो अन्तर्राष्ट्रिय पहिचान बनाएको हलमा नेपथ्य दोस्रो पटक उभिन लागेको हो।

टोकियोको कन्सर्टपछि नोभेम्बर २४ मा ब्यान्ड ओसाका सहरका दर्शकसामु प्रस्तुत हुनेछ। कन्सर्टका लागि ओसाकाको ‘जेप ओसाका बे साइड’ चयन गरिएको छ। नेपथ्यको जापान यात्रालाई यसपटक ‘भिजोनिया’ समूहले संयोजन गरेको छ, जसका प्रमुख सुभाष लामिछाने हुन् ।

ब्यान्डका अगुवा तथा मुख्य गायक अमृत गुरुङसंग  तीन दशकभन्दा लामो सांगीतिक यात्रामा नेपथ्यले जापानसँगका धेरै सम्झनाहरू बोकेको अनुभव र स्मरण छ ।

अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामासहित अन्य पाँच कलाकारले सघाउनेछन्। नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार व्यवस्थापन र प्राविधिक फाँटका आठ सदस्यसहित १४ जनाको टोली जापान पुगेकाे छ।

दुई वर्षपछि ब्यान्ड जापानमा प्रस्तुत हुन लागेको हो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend