• Saturday 25th July 2026

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ आज

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ आज


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ बिहीबार अपराह्न २ बजे हुने योजना छ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गर्नुभएको थियो । त्यसपछि आज नवनिर्वाचित सांसदलाई केसीले शपथ ग्रहण दिलाउनुहुने तयारी छ।

सहभागी सदस्यहरुलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ।

शपथ समारोहपछि सांसदहरुलाई संसद् प्रतीक चिह्न, संविधान, नियमावली र सेवा सुविधासम्बन्धी सामग्री उपलब्ध गराइनेछ। सचिवालयका प्रवक्ता एकराम गिरीले निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ र प्रारम्भिक बैठकका लागि तयारी भइरहेको जानकारी दिनुभयो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend