• Saturday 25th July 2026

तटस्थ रहेर काम गर्ने सभामुखको प्रतिबद्धता

तटस्थ रहेर काम गर्ने सभामुखको प्रतिबद्धता


  • लुम्बिनी रिभ्यू

काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटमा उहाँले संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रुपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु ।

जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend