• Monday 3rd August 2026

सामान्य बन्दै सुनसरीको जनजीवन

सामान्य बन्दै सुनसरीको जनजीवन


  • लुम्बिनी रिभ्यू

बुटवल,    देवानगञ्ज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ ।

गत आइतबार राती दुई समुदायका बिचमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागि देवानगञ्जका ओम प्रकाश मेहताका मृत्यु भएपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो ।

प्रदर्शनका क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अन्य पालिकाहरूमा पनि हिंसा बढेको थियो ।

सुनसरीको इनरुवा, भोक्राह नरिसिंग, कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले नौ वटा पालिकामा कर्फ्यु जारी गरेको थियो ।

कर्फ्युकै बिचमा गोली लागि घाइते भएका जयप्रकाश मेहताको पनि उपचारका क्रममा मृत्यु भएपछि मधेस प्रदेशमा पनि हिंसा भड्किएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend