बुटवल, रगतको अभावमा विरामीको मृत्यु हुन नदिन नव युवाको संस्था पहिलो पाईलाद्धारा रक्तदान कार्यक्रम गरेको छ ।
युवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । पछिल्लो समय देखा परेको रगत अभावलाई सम्बोधन गर्न र युवा पुस्तालाई रक्तदानप्रति आकर्षित गर्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौरव खनालले बताए । रक्तदान कार्यक्रमबाट ४० पिन्टभन्दा बढी रगत संकलन भएको छ ।

कार्यक्रममा नियमित रक्तदाता समाजका अध्यक्ष अशिष सिलवाल प्रमुख अतिथिका रूपमा युवाहरुलाई रक्तदानको महत्वबारे बताउनुभयो । पहिलो पाइला नेपालका केन्द्रीय कार्यसमिति सदस्य एवं बुटवल शाखाका पूर्व अध्यक्ष सन्तोष भण्डारी, केन्द्रीय कार्यसमिति सदस्य तथा सचिवालय सदस्य राजन अधिकारी, केन्द्रीय सदस्य सन्तोष खरेल, टाकाबाङ रुपन्देही सम्पर्क समाजका सचिव शिव खनालका साथै संस्थाका सल्लाहकारद्वय अनुपमान सैजु र गंगाधर न्यौपाने लगायत रक्तदानमा खटेका थिए ।
रत्तदानमा नयाँ तथा प्रथम पटक रक्तदान गर्ने युवाहरूको उल्लेख्य सहभागिता थियो । जसअन्तर्गत २५ जना नयाँ रक्तदाताहरूबाट रगत संकलन गरिएको छ ।रत्तलदान कायपहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष गौरव खनाल,कार्यवाहक सचिव रक्षा न्यौपाने, व कार्यसमिति सदस्य प्रकाश जी.सी लगायतले रत्तदानको महत्व र पहिलो पाईलाको सस्थागत अवस्थाबारे बताएका सथए ।

लुम्बिनी रिभ्यू