• Saturday 25th July 2026

नेपालबाहिर रहेका देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी, अब के हुन्छ ?

नेपालबाहिर रहेका देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी, अब के हुन्छ ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो। उनीहरू हाल नेपालबाहिर रहेका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ।

‘उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको छ, यसबारे आवश्यक प्रक्रिया अघि बढेको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो। देउवा दम्पती घाइते भएका थिए। घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएको थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend