• Saturday 25th July 2026

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पूर्व सभामुख महरासहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतद्वय रमेशकुमार खतिवडा र सुबेन्द्र श्रेष्ठ, नायब सुब्बाहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुधन पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट आपसी मिलेमतोमा भन्सार छली गरी गैरकानुनी तवरबाट लिई आएको इलेक्ट्रिक सिगरेट (भेप) जस्तो देखिने वस्तुमा पहेँलो धातु सुन जफत गरी भन्सार ऐन बमोजिम कारबाही गर्नुपर्नेमा सो नगरी भन्सार छली भ्रष्टाचार गरेको आरोप लागेको छ ।

त्यस्तै राहुल भन्ने रेशम महरा, निर्मलकुमार वि.क., लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सोङ र डाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग र डेक्स्टर ट्राभल्स एन्ड टुर्स प्रा.लि. विरुद्ध सो मुद्दा दायर भएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend