• Saturday 25th July 2026

लुुम्बिनीका सांसदले बनाए महिला संसदीय मञ्च

लुुम्बिनीका सांसदले बनाए महिला संसदीय मञ्च


  • लुम्बिनी रिभ्यू

बुटवल , लुम्बिनी प्रदेश सभाका महिला प्रदेश सभा सदस्यहरुले महिला संसदीय मञ्च गठन गरेका छन् । महिला नेतृत्व सुदृढीकरण, लैंगिक नीति निर्माण , समावेशी सहभागिता प्रवर्द्धन तथा लैङ्गिक समानता अभिवृद्धि गर्ने उद्देश्यले मञ्च गठन गरेका हुन् । उपसभामुख मेनुका खाड केसी संयोजक रहेको मन्चको सहसंयोजक लेखा समिति सभापति माया पुन र सचिव नेकपा एमालेका सचेतक यमुना रोका मगर रहनुभएको छ । लुम्बिनी प्रदेश सभामा रहेका सबै अर्थात् ३३ जना सदस्य नै प्रदेश सभा सदस्यहरु मन्चको सदस्य रहनुभएको छ ।
मञ्चले प्रदेशसभाभित्र महिला सांसदहरूको प्रभावकारी भूमिका विकास गर्न, नीति निर्माण तथा बजेट विनियोजनमा लैङ्गिक दृष्टिकोण समावेश गराउन पहल गर्ने जनाएको छ। साथै महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति लगायतका सवालमा नीति संवाद, सुझाव र अनुगमनलाई प्राथमिकता दिने संयोजक खाडले बताउनुभयो । मञ्चले स्थानीय तह, प्रदेश सरकार, गैरसरकारी संस्था तथा संघीय निकायहरूसँग सहकार्य र समन्वय गर्दै महिला अधिकारसम्बन्धी कार्यक्रम कार्यान्वयनमा दबाब सिर्जना गर्ने लक्ष्य लिएको छ। मन्चका सचिव लुम्बिनी प्रदेशसभाका महिला सांसदहरूबीच संसदीय मर्यादा, साझा एजेन्डा र महिला अधिकारका विषयमा एकीकृत आवाज उठाउन मञ्च गठन गरिएको बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend