बुटवल ,
लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजिमाना बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताउनुभयो । यससंगै लुम्बिनीमा नया सरकारको समीकरण सुरु भएको छ । लुम्बिनीमा मुख्यमन्त्री सहित एमालेका ५ मन्त्री रहेका थिए । त्यसमध्ये ४ विभागिय मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् । राजनीनामा बुझाउनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल। सिंचाइ मन्त्री सीता शर्मा चौधरी, भूमिव्यवस्था तथा कृषि मन्त्री दिनेश पन्ती र स्वास्थ्य मन्त्री खेम सारु रहेका छन् । आउदो वर्षको बजेट कार्यान्वयनका लागि बजेट बनाउने बेलामै सहयोग गर्न भनदै एमालेका मन्त्रीहरुले राजिनामा दिएका हुन् ।
लुम्बिनीमा एमाले र कांग्रेसको सरकार छ । एमालेका मन्त्रीहरुले राजिनामा दिएपनि अहिलेसम्म कांग्रेसका मन्त्रीहरुले राजिनामा दिएका छैनन् । आलोपालो सम्झौतामा अब कांग्रेसबाट मुख्यमन्त्री बन्ने सहमती छ । त्यसअनुसार पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र राजु खनालले मुख्यमन्त्रीमा लबिड. गरेका छन् । शुक्रबारसम्म नया सरकार बन्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभयो ।

लुम्बिनी रिभ्यू