• Monday 3rd August 2026

मिलनचोक टोल विकास संस्थाकोे अध्यक्ष गोमा बन्जाडे

मिलनचोक टोल विकास संस्थाकोे अध्यक्ष गोमा बन्जाडे


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवल उपमहानगरपालिका–९ मा रहेको मिलनचोक टोल विकास संस्थाको पाँचौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न संस्थाको अधिवेशनबाट गोमा बन्जाडे अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो।
अधिवेशनले उपाध्यक्षमा गीता चापागाईं, सचिवमा सचिवमा शोभा भट्टराई, कोषाध्यक्षमा सरीता भारी र सहसचिवमा अनिता कार्कीलाई सर्वसम्मत रूपमा चयन गरेको छ। त्यसैगरी सदस्यहरूमा मीना रेग्मी, शान्ता खनाल, यमकला रेग्मी, विमला भारी, रीता भण्डारी, कविता ज्ञवाली, प्रिया गैर र तुलसा भट्टराईलाई चयन गरेको छ।
निर्वाचन समितिका अनुसार अधिवेशनमा मनोनयन दर्ता, उम्मेदवारको नामावली प्रकाशन तथा निर्वाचन प्रक्रिया पूरा गरिएको थियो। सबै पदमा एकल उम्मेदवारी परेपछि सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो।


नवनिर्वाचित अध्यक्ष गोमा बन्जाडेले टोलको समग्र विकास, सरसफाइ, सामाजिक सद्भाव, महिला तथा युवाको सहभागिता अभिवृद्धि गर्दै समुदायको हितमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाले पुराना राम्रा कामलाई निरन्तरता दिदै संस्थाले आगामी दिनमा टोल विकास सरसफाइ र चेतना अभिवृद्धिका विभिन्न कार्यक्रम गर्ने बताउनु भयो ।
यसअघि साधारण सभामा बुटवल वडानम्बर ९ का अध्यक्ष प्रदीप कुमार श्रेष्ठ तथा जनप्रतिनिधि, समाजसेवी लोकनाथ भुसाल लगायतले बोल्दै टोल विकास संस्थालाई नमुनाका रुपमा अगाडि बढाउन सुझाब दिनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend