बुटवल, देवानगञ्ज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ ।
गत आइतबार राती दुई समुदायका बिचमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागि देवानगञ्जका ओम प्रकाश मेहताका मृत्यु भएपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो ।
प्रदर्शनका क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अन्य पालिकाहरूमा पनि हिंसा बढेको थियो ।
सुनसरीको इनरुवा, भोक्राह नरिसिंग, कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले नौ वटा पालिकामा कर्फ्यु जारी गरेको थियो ।
कर्फ्युकै बिचमा गोली लागि घाइते भएका जयप्रकाश मेहताको पनि उपचारका क्रममा मृत्यु भएपछि मधेस प्रदेशमा पनि हिंसा भड्किएको थियो ।

लुम्बिनी रिभ्यू