काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह भारतकाे दुई दिने राजकीय भ्रमणमा २८ घण्टासम्म नयाँ दिल्लीमा रही महत्वपूर्ण सम्झौता गरी स्वदेश फर्किनुभएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह पहिलो पटक भारत भ्रमण गर्नुभएको हो।
भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीबिच द्विपक्षीय सहयोग, क्षेत्रीय चासो र विश्वव्यापी घटनाक्रमका विषयमा छलफल भएका छन् । दुई देशका प्रधानमन्त्रीले साझेदारीको मार्गचित्रको रूपमा ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा दृष्टिकोण अङ्गीकार गर्नुभएको छ । यसले आर्थिक, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धका साथै जलवायु अनुकूलन, विपद् व्यवस्थापन, खेलकुद, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको अटल समर्थन रहने प्रतिबद्धता जनाउँदै नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ (२४ हजार करोड नेपाली रुपियाँ) बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ । यसमध्ये ३ हजार ५ सय करोड भारु (५ हजार ६ सय करोड रपियाँ) विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान दिने घोषणा गर्नुभयो । बाँकी ११ हजार ५ सय करोड भारु (१८ हजार ४ सय करोड रुपियाँ) ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) हुने बताइएको छ।
प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १:४५ बजे भारत प्रस्थान गर्नुभएको थियो । उहाँ भ्रमण सम्पन्न गरी मंसिर ७ गते साँझ नयाँ दिल्लीबाट नेपालका लागि प्रस्थान गर्नुभएको थियो ।

लुम्बिनी रिभ्यू