• Saturday 25th July 2026

मदन भण्डारी स्पोटर्स एकेडेमी खेल महोत्सव ( फाेटाे फिचरसहित )

मदन भण्डारी स्पोटर्स एकेडेमी खेल महोत्सव ( फाेटाे फिचरसहित )

बुटवलमा शनिबारदेखि भलिबल र चेस प्रतियोगिता सुरु


  • लुम्बिनी रिभ्यू

बुटवल ।सबैका लागि खेल भन्ने नारासहित मदन भण्डारी स्पोटर्स एकेडेमीले संचालन गरेको उच्चमावि स्तरीय भलीबल प्रतियोगिताको शनिबार उद्घाटन भएको छ ।
बुटवलको सिद्धेश्वरी लालकुमारी माविको खेलमैदानमा भएको प्रतियोगिताको पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभयो ।


खेल उद्घाटन गर्दै उहाले खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउनुभयो ।
उद्घाटन खेल अन्तरगत शनिबार विभिन्न ६ समूह बीच प्रतिश्पर्धा भएको खेल संयोजक बुद्धी वश्यालले बताए । छात्रतर्फ गिर्वाण मावि तिलोत्तमा रुपन्देही विरुद्ध हरैया मावि प्रतिश्पर्धा गरे । प्रतिश्पर्धामा हरैया माविलाई पराजित गर्दै गिर्वाण मावि विजयी भयो ।

छात्रातर्फ पहिलो खेलमा सगरमाथा इंलिस बोडिंङ स्कूललाई नवज्योति मावि तिलोत्तमाले १ का विरुद्ध २ सेटले पराजित गर्यो । सिद्धेश्वरी लालकुमारी मावि र कान्ति मावि बीचको प्रतिश्पर्धामा ० का विरुद्ध २ सेटले कान्ति मावि विजयी भयो । यस्तै सिद्धार्थ बोडिंङ स्कूल र कुवरवर्ती बोर्डिङ बीचको प्रतिश्पर्धामा ० का विरुद्ध २ सेटले कुवरवर्ती विजयी भयो ।

न्यु होराइजन मावि र बुद्ध पब्लीक विद्यालय बीचको प्रतिश्पर्धामा ० का विरुद्ध २ सेटले न्यू होराइजन विजयी भयो । विजयी टिमले दोस्रो चरणमा प्रतिश्पर्धा गर्ने छन् । शनिबार नै भएको दोस्रो चरणको छात्रा भलिबल प्रतियोगितामा नवज्योति बोर्डिङ स्कूल रुपन्देही र सूर्योदय मावि कपिलवस्तुबीच प्रतिश्पर्धा भयो । जसमा ० का विरुद्ध २ सेटले गिर्वाण मावि विजयी भयो ।


प्रतियोगितामा छात्रतर्फ ११ र छात्रातर्फ १८ विद्यालयका टिम सहभागी भएका छन् । उद्घाटन सत्रको अवसरमा खेलाडीहरुले मार्चपास गरेका थिए । त्यसमा कालिका मावि प्रथम भएको छ ।


यस्तै विद्यालय स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको पनि शनिबार नै उद्घाटन भएको छ । स्करर्स होम बुटवलमा भएको प्रतिश्पर्धा ३ दिनसम्म चल्ने छ । प्रतियोगितामा १ सय जनाको सहभागिता छ । ७१ औं मदन जयन्तीको अवसरमा एकेडेमीले देशव्यापी खेल प्रतियोगिता गरिहेको छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend