• Saturday 25th July 2026

नेपालले पनि बढायो लकडाउन,अब वैशाख १५ सम्म

नेपालले पनि बढायो लकडाउन,अब वैशाख १५ सम्म


  • लुम्बिनी रिभ्यू

काठमाडौँ — सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो ।

आजै छिमेकी भारतले लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिपद्को बैठकमा सहभागी हुँदै । तस्बिर- राजन काफ्ले/प्रधानमन्त्रीको निजी सचिवालय

यस्तै, लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएको थियो। स्रोतका अनुसार यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारल निर्णय गरेको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend