
बुटवल । बालबिज्याइमा परेका बालबालिकालाई विछ्यौना दिएर लुम्बिनी प्रदेश सरकारले बाल दिवस मनाएको छ ।
५८ औँ राष्ट्रिय बाल दिवसका अवसरमा प्रदेशको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भैरहवामा रहेको बाल सुधार गृहमा विछौना हस्तान्तरण गरेसुधार गृहमा कार्यक्रम आयोजना गरी उनीहरुलाई ओड्ने ओछ्याउने लुगा र खाना खाजा दिएको थियो । बालसुधार गृह १५ जना राख्न मिल्ने क्षमताको हो । तर ९३ जना बालबिज्याइँ गरेका बालकहरु सकसपूर्ण तरिकाले बस्न बाध्य छन् ।
सामाग्री वितरण कार्यक्रममा बोल्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले कानुनको विवादमा परेका बालबालिकामा थोरै भएपनि सहयोग गर्न र हौसला एवं प्रेरणा भर्न आएको बताइन् । उनले बालसुधार केन्द्र प्रदेश मातहतको कार्यालय नहुँदा इच्छा भएरपनि काम गर्न नसकेको बताइन् ।
बालसुधार गुह केन्द्र मातहत भएपनि निर्देशिकामा उल्लेख भए अनुसार सुधार गृहको स्तरोन्नति गर्न तीनै तहका सरकारले गर्नुपर्ने उल्लेख छ । सचिव दीपक नेपालले लक्षित वर्गमा फाइदा पुगोस् भनेर विगतमा हुने ¥याली र गोष्ठीको साटो सामाग्री हस्तान्तरण गरेर बाल दिवस मनाएको बताए । उनले कानुनले विवादमा परेका बालबालिकालाई उमेर समूह अनुसार प्रविधिमैत्री, मनोरञ्जन दिने खालका कार्यक्रमहरु ग्र्नुपर्ने आवश्यकता देखेको बताए । सचिव नेपालले स्थानीय सरकारसँग सहकार्य गरेर बाल सुधार गृह अन्यत्र स्थानान्तरण गर्नुपर्ने र शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, माया, अनुकूल वातावरण जस्ता नैसर्गिक अधिकारबाट उनीहरु वञ्चित गर्न नहुने देखिएको जनाए । वि.सं. २०७५ सालमा स्थापना भएको सुधार गृह दुई कठ्ठा क्षेत्रफलमा मात्र छ । घरभित्रै कुम्सिएर बस्नुपर्दा धेरैमा स्वास्थ्य समस्या देखिएको बाल संरक्षण अधिकृत सुभद्रा गौतमले बताइन् ।

लुम्बिनी रिभ्यू