सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आयोगको अध्यक्षमा नेकपा केन्द्रिय सदस्य ज्ञवालीलाई नियुक्त गरेको हो।
ज्ञवाली १५ औं आयोगको अध्यक्ष हुन्। संविधानको मौलिक हकमै भूमिहिनलाई भूमि उपलब्ध गराउने उल्लेख भएकाले राज्यले दिएको जिम्मेवारी पूरा गर्न आफू लागि पर्ने ज्ञवालीले बताए।
२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा तत्कालीन नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार बनेका थिए। उनी तत्कालीन एकीकृत माओवादी र कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालसँग पराजित भएका थिए।

लुम्बिनी रिभ्यू