• Saturday 25th July 2026

बेलायतमा कोभिड १९ विरुद्धको खोप मानिसमा परीक्षण

बेलायतमा कोभिड १९ विरुद्धको खोप मानिसमा परीक्षण


  • लुम्बिनी रिभ्यू

काठमाडौं, बैशाख १२ गते । बेलायतको अक्फोड विश्व विद्यालयमा पहिलो पटका मानिसमा कोरोना खोपको परीक्षण थालिएको छ ।  यसका लागि दुई जना स्वयंसेवकमा सो खोप परीक्षण गरिएको छ भने सो खोपको थप परीक्षणका लागि ८०० जनालाई छनोट गरिएको छ ।
परीक्षणका क्रममा छनौट गरिएका मध्य आधालाई कोरोना विरुद्धको विकास गरिएको खोप लागाइने छ भने आधालाई मेनेन्जाइटिस बिरुद्ध दिइने खोप दिने तयारी गरिएको छ । यो परीक्षणमा ती स्वयंसेवकलाई कुन खोप दिइएको भन्ने जानकारी हुने छैन तर चिकित्सहरूलाई भने कसलाई कुन खोप दिइएको थियो भन्ने थाहा हुने छ ।
यो जिम्मेवारी पाएका दुई जना मध्यकी इलिसा ग्रानाटोले भन्नुभयो, “म एक वैज्ञानिक हुँ त्यस कारण म एउटा वैज्ञानिक प्रक्रियालाई जहाँसम्म सकिन्छ सहयोग गर्ने छु ।”
यो खोप तीन महिना अवधिमा विकास गरिएको अक्फोर्ड विश्वविद्यालयका खोप विज्ञ सार्थ गिल्बर्टले बताउनुभयो ।
उहाँले व्यक्तिगत रुपमा आफूलाई सो खोपप्रति निकै विश्वास रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तर हामीले मानिसमा परीक्षण गर्नु पर्छ र त्यसबाट तथ्यहरु संक्रलन गर्नु पर्छ । हामीले आम मानिसमा प्रयोग गर्नु पहिले यसले कोरान भाइरसबाट मानिस संक्रमित हुनबाट रोक्छ भन्ने कुरा प्रमाणित गर्नु पर्छ ।”
पोफेसर गिल्वर्टले सो खोपले काम गर्ने कुरामा आफू ८० प्रतिशत विश्वस्त रहेको बताउँदै अहिले नै यसै भन्न सक्ने अबस्था नरहेको भए पनि आफू आशावादी भएको स्पष्ट गर्नुभयो ।
यो खोपले कसरी काम गर्छ त ?
यो खोप रुघाखोकी गराउने भाइरस (जसलाई एडिनो भाइरस भनिन्छ) को कम्जोर समूहको भाइरस जुन चिम्पान्जीबाट लिइएको थियो र त्यसालाई मानिसमा विकास हनु नसक्ने गरी परीमार्जन गरिएको थियो ।
अक्फोर्डको टोलीले यस अघि कोरोना भाइरसको अर्को स्वरुप मर्सका लागि खोप विकास गरेको थियो र क्लिनिकल परीक्षणमा त्यसले राम्रो काम गरेको थियो ।
(बीबीसीमा प्रकाशित समाचारमा आधारित)

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend