• Saturday 25th July 2026

आज लुम्बिनी प्रदेश अन्तर मावि छात्र छात्रा भलिबल प्रतियोगिताका फाइनल खेल हुदै

आज लुम्बिनी प्रदेश अन्तर मावि छात्र छात्रा भलिबल प्रतियोगिताका फाइनल खेल हुदै

रामनगरस्थित खेलमैदानमा दिउसो १ बजेदेखि फाइनल प्रतियोगिता सुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्धारा जानकारी


  • लुम्बिनी रिभ्यू

बुटवल , बुटवलमा जारी लुम्बिनी प्रदेश अन्तर मावि छात्र छात्रा भलिबल प्रतियोगिताको आज उपाधिकालागि भिडन्त हुदै छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा रामनगरस्थित खेलमैदानमा दिउसो १ बजेदेखि फाइनल प्रतियोगिता सुरु हुने छ । छात्रतर्फन्यु होराइजन मावि र मणिमुकुन्द माविले उपाधिकालागि प्रतिश्पर्धा गर्ने छन् । न्यु होराइजनले सिद्धार्थ बोर्डिड स्कूल र मणिमुकुन्दले सेन्ट जोसेफलाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।
छात्रातर्फ एभरेष्ट र न्यु होराइजन मावि बुटवलले उपाधिकालागि भिड्नेछन् । आइतबार एभरेष्टले कुवरवर्ती र होराइजनले सिद्धार्थ माविलाई पराजित गरेको प्रतियोगिता
खेल संयोजक बुद्धी गुरुडले बताए । असार १४ गतेदेखि सुरु प्रतियोगितामा छात्र १२ र छात्रा ७ टिम गरी १९ टिम सहभागी छन् ।
प्रतियोगितामा प्रथम हुने समूहले ७० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । द्धितीयलाई ५० हजार नगद रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र दिइने छ । तृतीयले ३० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । शान्त्वनालाई १५ हजार रुपैया नगद र प्रमाणपत्र दिइने एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend