अमृता अनमोल
बुटवल – अधुरो संक्रमणकालिन न्याय प्रक्रियाको ठोस समाधानका लागि भन्दै रुपन्देहीका द्धन्द्धपीडितहरुले खबरदारी गरेका छन् । विस्तृत शान्ति सम्झौताको १७ वर्षसम्म पनि द्धन्द्धपीडितको न्यायका लागि ठोस कदम नचालिएको, बेपत्ताको सास न लासको अवस्था रहेको भन्दै उनीहरुले सरकारलाई मंगलबार खबरदारी गरेका हुन् । ५ मंसिर २०६३ मा तत्कालिन माओवादी र राज्यपक्षबीच ससस्त्र द्धन्द्ध अन्त्य गर्नेबार विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ताको अवस्था सार्वजनीक गर्ने, द्धन्द्ध पीडितहरुको अभिलेखीकरण गर्ने र तत्कालीन राहत दिने उल्लेख छ ।
यद्यपि अहिलेसम्म न्यायिक प्रक्रियामा र बेपत्ताको खोजी तथा छानवीनमा कामै नभएको न्यायका लागि द्धन्द्धपीडित समाज रुपन्देहीका सचिव रीता सेनले बताइन् ।

द्धन्द्धपीडित समूदाय र एडभोकेसी फोरमको समन्वयमा द्धन्द्धपीडितहरुले पीडित र सरोकारवालासंगको परामर्श, सर्वोच्च अदालतको परमादेश एवं अन्तराष्ट्रिय मानवअधिकार कानूनबमोजिम संक्रमणकालीन न्याय ऐन तत्काल संशोधन गर्न माग गर्दै इलाका प्रशाशन कार्यालय बुटवल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । उनीहरुले द्धन्द्धका घटना लिएर न्याय खोज्दै हिड्नुपर्ने अवस्था अन्त्य गर्न समेत आग्रह गरेका छन् । त्यसकालागि वेपत्ताको अवस्था सार्वजनिक गर्न, मिल्नसक्ने घटनालाई मेलमिलापमा लैजान र जघन्य अपराधका घटना दर्ता गरी दोषीलाई कारबाही प्रक्रियामा लैजान उनीहरुले माग गरे । द्धन्द्धपीडित जानकी अर्यालले द्वन्द्व प्रभावितका घाउमा खाटा बसाल्ने गरी काम गर्न र द्धन्द्धको पीडा भूलाउन राज्य अगाडि सर्नुपर्ने बताइन् ।
२०५२ फागुनदेखि २०६३ मंसिरसम्म भएको १० वर्षे सशस्त्र द्धन्दमा करिब १७ हजार ८ सयले ज्यान गुमाएका थिए । करिब १ हजार ५ सय बेपत्ता पारिएका थिए । त्यसबेला अंगभंग भएका, यौन हिंसा भोगेका महिला र बालबालिकाको भने एकिन तथ्यांक अझै छैन ।
पीडितहरुले प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभाको कानुन, न्याय तथा मानब अधिकार सर कानून मन्त्रिसेमतको गम्भीर ध्यानाकर्षण गराउदै निम्न मागहरु राखेका छन् ।
१. मानवीय कानुन र मानवअधिकार कानुन उल्लंघनको परिणाम स्वरुप घटित हत्या निशस्त्र व्यक्तिको हत्या तथा यातना जस्ता गम्भिर अपराधलाई सामान्य मानवअधिकार उल्लंघनको कोटी भित्र राखेर क्षमादानयोग्य बनाउने प्रस्तावप्रति पीडित समुदायको घोर आपत्ति छ । यसलाई सच्याएर हत्या र यातनालाई गम्भिर मानवअधिकार उल्लंघनको वर्गमा राखेर क्षमादानअयोग्य हुनेगरी व्यवस्था गरियोस् । साथै मानवताविरुद्धको अपधार, अंगभङ्ंग एवं वलात्कार लगायतका अन्य गम्भिर यौन हिंसालाई समेत गम्भिर अपराधको सूचिमा राखियोस् । ऐनमा साविक देखी रहेको वेपत्ताको परिभाषालाई हटाउने प्रस्ताव औचित्यपूर्ण छैन । तसर्थ, त्यो परिभाषा ऐनबाट नहटाईयोस् ।
२. द्वन्दकालीन मुद्दाको न्यायनिरुपण गर्ने विशेष अदालतले दोषीलाई घटी सजाय गर्न वाध्य पार्ने व्यवस्था अमान्य छ । त्यसले अदालतको स्वतन्त्रतामा आघात पारेको छ । आधारकारण हेरेर अदालतले घटाउन वा नघटाउन सक्ने व्यवस्था होस् ।
३.यातना तथा यौन हिंसा पीडित लगायत सवै प्रकारका द्वन्द पिडितको पहिचान गरी उनिहरुलाई तत्काल राहत तथा उपचारको व्यवस्था गर्नु पर्ने कानुनी प्रबन्ध गरियोस् ।
४. आयोग गठनका लागि गरिएको व्यवस्था समस्यामूलक भएको विगतको अनुभवले सिद्ध गरिसकेको छ । सिफारिस समिति स्वतन्त्र, सक्षम, विश्वनीय र निस्पक्ष हुने आधार र प्रक्रिया सुनिश्चित गर्नुपर्दछ । योग्यता, अनुभव र मार्गचित्रका आधारमा स्पष्ट मापदण्ड, पारदर्शी र विश्वसनीय प्रक्रियाद्वारा सक्षम व्यक्तिहरू छनौट गरी विश्वसनीय, सक्षम र स्वतन्त्र आयोग गठन गर्नुपर्दछ । आयोगमा आयूक्तहरुको छनोट गरी सिफारिस गर्न गठन हुने समितिमा सरकार हावी हुने गरेको छ । पूर्वप्रधानन्यायधीश र पूर्वन्यायाधीश मध्येवाट अध्यक्ष तथा थप एजजना सदस्य, राष्ट्रिय मानवअधिकार आयोगबाट एकजना सदस्य रहने व्यवस्था गरी वाँकी दुईजना मात्र सरकारले तोक्ने व्यवस्था हुनु पर्दछ । साथै सरकारले आयोगलाई आवश्यक पर्ने साधनश्रोत, विज्ञ र जनशक्ति तथा आवश्यक संरचनाको व्यवस्था तत्काल गरियोस् ।
४. आयोगको कार्यावधि २ वर्ष राखिएको वस्तुपरक छैन । आयोगले सम्पन्न गर्नुपर्ने कार्य सम्पन्न नभएको अवस्थामा अवधि थप गर्न सकिने ब्यबस्था हुनुपर्दछ । आयोगमा छुट्टै अनुसन्धान इकाईको ब्यबस्था गर्नुपर्दछ । साथै आयोगमा बिभिन्न इकाईहरुको ब्यबस्था गरियोस् ।
५. थप अनुसन्धान गर्नुपर्ने वा अन्य मनासिब कारणले महान्यायधिवक्ताले एक बर्ष भित्र मुद्दा चलाउन नभ्याएमा थप समय उपलब्ध गराउने ब्यबस्था गरियोस् ।
६. पिडितलाई केन्द्रमा राखेर कानुन संशोधन गर्ने, आयोग गठन तथा आयोगको कार्यप्रक्रिया प्रकृया विश्वसनीय, पारदर्शी र पीडित केन्द्रित र मैत्री, लैंगिक संबेदनशील, गोपनीय तथा सुरक्षित बनाउन एवं यौनजन्य हिंसामा परेका व्यक्तिको सुरक्षा, गोपनियता, उपचार लगायतका प्रावधानको व्यवस्था गरियोस् ।
७. दुवै आयोगमा दर्ता भएमा ६५ हजार बढी उजुरीको छानविन, समाधान र पिडितलाई न्यायको अनुभूति गराउने मोडालिटी नै स्पष्ट छैन । योजना बनाएर देखाउनका लागि केहि प्रतिनिधिमुलक घटनाहरु माथि अनुसन्धान गरिने भन्ने पनि सुनिएको छ । यथार्थमा अहिलेसम्म अंगालिएको उजुरी संकलन र छानबिन प्रक्रिया साच्चिकै संक्रमणकालीन न्यायको अवधारणा अनुरुप भएको छ त ? आयोगले अनुसन्धान नगर्ने, प्रमाण नखोज्ने, साक्षी नझिकाउने, पीडकको बयान लिनवाट भाग्ने अनि पिडितलाई प्रमाणको भार बोकाएर थप पिडा र तनाब दिने आयोगको बिद्यामान कार्यशैली कदापि पीडितमैत्री छैन । उजुरी लिएपछि त्यसको निष्पक्ष अनुसन्धानको यो हरेक पिडितको अधिकारको सुनिश्चित गरियोस्
८.पीडित तथा साक्षीको गोपनियता तथा संरक्षण, प्रमाणको सुरक्षाका लागि विश्वसनीय उपायहरूको अवलम्बन गरियोस् ।
९. संक्रमणकालीन न्याय कानुन विशेष प्रकृतिको कानुन हो । यसले गम्भिर अपराधलाई सम्बोधन गर्छ । गम्भिर उल्लंघनमा भूतलक्षी कानुनको प्रयोगलाई अन्तराष्ट्रिय मानवअधिकार कानुनले पनि मान्यता दिएको छ । तसर्थ पाश्चातदर्शि कानुनको आधारमा पनि द्वन्द्वकालीन घटनामा अभियोजन हुने सुनिश्चितता ऐनमा गरियोस् ।
१०. न्याय परिषद्को सिफारिसमा तीन सदस्यीय एक विशेष अदालत गठन गर्ने व्यवस्थामा संशोधन गरी संविधानमा रहेको उच्च अदालत गठन प्रक्रिया बमोजिम नै संक्रमणकालीन न्याय विशेष अदालत गठन गर्ने व्यवस्था गरियोस् ।
११. आयोगको प्रतिवेदन तथा सिफारिस सरकारले प्राथमिकता र इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रबन्ध गरियोस् ।
१२. पीडित समुदायसंगको सहकार्यमा पीडित समुदायको साझा एवं विशेष आवश्यकता एवं अधिकार सुनिश्चित गरी तत्कालिन एवं दिर्घकालिन परिपुरणिय आवश्यकता पुरा गर्न पारिपूरण नीति तथा कार्यक्रम निर्माण गरी, तीन तहको सरकार, द्वन्द पीडित समुदाय. लगायतका सरोकारवालाहरुसँगको सहकार्यमा कार्यान्वयन गरियोस् ।
१३. विस्तृत शान्ति सम्झौता पश्चात् ल्याण्ड माइन, बारुदी सुरुंग, बम बिष्फोटमा परि पीडित भएका पीडित,हरूलाई पनि ऐनले समेट्नु पर्छ । उनिहरुको उपचार, राहात, क्षतिपूर्ति तथा परिपूरणको ब्यबस्था गरियोस् ।
१४. वाल सेना, सेनाप्रहरी संम्बद्ध द्वन्द पीडित लगायत सशस्त्र द्वन्दका कारण पीडित बन्न पुगेका सबै पक्ष तथा समुदायका पीडा र अन्यायका सवाल तथा अधिकारहरु निष्पक्ष, समानता तथा समावेशिताको भावना अनुरुप सम्बोधन गर्ने र शान्ति प्रक्रिया सफल निष्कर्षमा पुर्याउने ठोस कदम चालियोस् ।

लुम्बिनी रिभ्यू