• Saturday 25th July 2026

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा विभिन्न कार्यक्रम

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा विभिन्न कार्यक्रम


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आयोजना गरेको प्रभात फेरी र्‍याली काठमाडौँको भद्रकालीबाट सुरु भई नयाँसडक, शान्तिवाटिका, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगी कार्यक्रम गरिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend