• Saturday 25th July 2026

सिद्धार्थ राजमार्ग सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुँदै

सिद्धार्थ राजमार्ग सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुँदै

सुरुङमार्ग निर्माण गर्न  यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने


  • लुम्बिनी रिभ्यू

तानसेन । सिद्धार्थ राजमार्ग पुस १६ देखि दैनिक ६ घण्टा बन्द हुने भएकाे छ ।

सुरुङमार्ग निर्माण गर्न  यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको हाे । पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले  सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएका कारण राजमार्गको सिद्धबाबा खण्ड पुस १६ गतेबाट सय दिन बन्द हुनेछ । सडक राति १० देखि बिहान ४ बजेसम्म बन्द हुनेछ भने अत्यावश्यक सवारी साधनलाई कुनै रोक नलगाइने छैन ।

सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क र पाल्पा तर्फको माथिल्लो सिद्धबाबा क्षेत्रमा डाइभर्सन निर्माण भइरहेकाले सय दिनसम्म सडक बन्द गरेर काम गर्न दिइने प्रजिअ काफ्लेले बताए । आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास जान सकिन्छ ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर एक वर्षअघिदेखि काम सुरु गरेको छ । सुरुङमार्गको दूरी दोभानदेखि सिद्धबाबासम्म १ हजार १ सय २६ मिटरको रहनेछ । अहिले सञ्चालनमा रहेको सडकमा भने रकनेट र रकसेडका काम हुनेछन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend