बुटवल, लुम्बिनी प्रदेशमा पहिलो पटक ठूलो टेक इभेन्ट आयोजना हुँदैछ ।
कोड फर चेन्जले लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट ” टेक कन्कलेभ २०२४” को आयोजना गर्न लागेको हो । कार्यक्रम सूचना प्रविधिमा रुचि राख्ने माध्यमिक तहका विद्यार्थी तथा व्याचलर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको हो ।
जुन लुम्बिनी प्रदेश युवा परिषद्संगको सहकार्यमा फागुन १३ गते एशियन बुद्ध होटल सिद्धार्थनगर, भैरहवामा हुने भएको छ । कार्यक्रममा सूचना प्रविधिको तिब्र विकास र भविष्यबारे पावर टक, प्यानल डिस्कसन, प्रोजेक्ट प्रदशनी, स्टल भिजिट, नेटवर्किङ कक्षा र अन्य मनोरन्जनात्मक कार्यक्रमहरु हुनेछन्।
“कोड फर चेन्ज” ले टेक्नोलोजीको प्रयोग मार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीहरुको सुनिश्चित भविष्यको लागि वर्षेनी सयौं युवाहरु र विभिन्न संस्थाहरुसंग सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यस भन्दा पहिले काठमाडौमा गरिरहेको यस्तो कार्यक्रम यस पटक भने लुम्बिनी प्रदेशमा गर्न लागेको कोड फर चेन्जका अध्यक्ष कष्ण पोखरेलले बताए ।
रुपन्देहीको भैरहवामा प्रेस सम्मेलन गरेर अध्यक्ष पोखरेलले कार्यक्रमबारे जानाकारी दिएका छन्। उनले टेक इभेन्टले प्रविधि क्षेत्रमा काम गर्दै आएका कम्पनीहरु, कलेजहरु र विद्यार्थीहरु, सरकारी निकाय जम्मा गरि एक आपसमा देखिएको दुरी घटाएर विद्यार्थीहरु र अन्य निकाय बिच पुलको काम गर्ने बताए ।
युवा परिषद्का उपाध्यक्ष गोबिन्द बहादुर खत्रीले कार्यक्रमले नेपालको सूचना प्रविधिको क्षेत्रमा टेवा पुर्याउने र प्रविधिमा काम गरिरहेका संस्था र व्यक्तिहरु बीचमा सम्बन्ध बढाउने बताए । प्रविधिमा युवाहरुको निशुल्क आधारभूत क्षमता विकास गराएर युवाहरु सम्भावना र उनीहरुको क्षमतालाई पहिचान गर्न परिषदले विभिन्न कार्यक्रम गरेको उनले जनाए ।

लुम्बिनी रिभ्यू