• Saturday 25th July 2026

एमाले लुम्बिनीले प्रदेशका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने

एमाले लुम्बिनीले प्रदेशका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने

एमाले लुम्बिनी इन्चार्ज पदमा अर्यालका अनुसार प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको चैत ५ गते वडा कमिटीमा परीक्षा लिने छ । यसमा प्रदेशभरका ८६ हजार २ सय ६० जना नेतारकार्यकर्ताहरू सहभागी हुनेछन्। परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धारण हुने र त्यसैअनुसार पार्टीभित्र जिम्मेवारी दिने नीति बनाइएको छ।


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको नयाँ कार्यक्रम थालिएको एमालेको भनाई छ । यहीँ चैत ५ गते हुने यस्तो परीक्षामा सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको छ ।

निष्क्रिय सदस्यलाई क्रियाशील र जवाफदेही बनाउन यो कार्यक्रम थालिएको भए पनि पहिलो पटक अनुत्तीर्णलाई पुनः अवसर दिइने र पटक पटक असफल भए पार्टीबाट बिदा गरिने रणनीति बनाइएको एमाले सचिवालय तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् । प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको चैत ५ गते वडा कमिटीमा परीक्षा लिने छ । यसमा प्रदेशभरका ८६ हजार २ सय ६० जना नेतारकार्यकर्ताहरू सहभागी हुनेछन्।

अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धारण हुने र त्यसैअनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाएको जानकारी गराइन्। ‘परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ,लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं’ उनले भनिन् ।

उनले पार्टीलाई सांगठिनकरूपमा बलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिने कामले हरेक पक्षमा सुधार हुने र परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने जानकारी दिइन् । जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने उक्त परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सबै वडा तहमा यसको तयारी भएको र त्यसले पार्टीलाई नै ऊर्जा थप्ने विश्वास लिएको बताए । प्रचार विभाग प्रमुख डिआर घिमिरेका अनुसार अहिले १२ मध्ये १ जिल्लामा मात्रै अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी हुने जनाए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend