• Saturday 25th July 2026

सिमान्तकृत समूदायका बालबालिकाको शिक्षा सुधार गर्न नागरिक अगुवालाई पैरवी

सिमान्तकृत समूदायका बालबालिकाको शिक्षा सुधार गर्न नागरिक अगुवालाई पैरवी


  • लुम्बिनी रिभ्यू

बुटवल, सिमान्तकृत समूदायका बालबालिकाको शिक्षा सुधार गर्न के गर्नुपर्ला ? यसका धेरै उपाय हुन्छन् । रुपन्देहीको देवदह नगरपालिकाका केही विद्यालयमा भने अभिभावक र नागरिक अगुवाहरुलाई सचेतना दिन थालिएको छ । यसैक्रममा नागरिक अगुवाहरुलाई नेतृत्व पैरवी, शिक्षा नीति र ऐनबारे ३ दिने तालिम लुम्बिनी सास्कृतिक नगरपालिकामा सम्पन्न भएको छ ।
सोइया महिला स्वाबलम्बी संस्थाको आयोजनामा युएसएड नागरिक समाज र संचार कार्यक्रमको साझेदारीमा तालिम दिइएको हो । लुम्बिनी लुम्बिनी सांस्कृतिक नगरपालिकामा आयोजित तालिममा देवदहका नागरिक अगुवा सहभागी भएका थिए । तालिममा शिक्षा तथा नागरिक परिचालन विज्ञ इन्द्रप्रसाद पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
तालिममा नेतृत्व पैरवी र शिक्षा नीति विषयबारे जानाकारी गराइएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै सोइया महिला स्वाबलम्बी संस्थाका कार्यकारी निर्देशक मेनुका न्यौपानेले नागरिक अगुवाहरुको पैरवीमा सिमान्तकृत समूदायका बालबालिकाको शिक्षा सुधार गर्न सकिने बताइन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend