• Saturday 25th July 2026

बुटवलमा चलचित्र दिलसराको च्यारिटी शो

बुटवलमा चलचित्र दिलसराको च्यारिटी शो


  • लुम्बिनी रिभ्यू

बुटवल , दिलसरा अर्थात दह्रो दिल भएकी नारी । हो तिनै नारीको कथामा आधारित चलचित्र दिलसराको बुटवलमा सोमबार च्यारिटी शो गरिएको छ ।
महिला सशक्तिकरणसँगै मगर कला र सस्कृतिलाई उजागर गरिएको चलचित्र मगर महिला संघ बुटवलको आयोजनामा सोमबार मिलन चलचित्र हलमा च्यारिटी गरिएको हो । मगर महिला दिलसराको कथाबाट सिंगो महिलाको संघर्ष र सफलताको कथालाई जोडे चलचित्र बनाइएको छ ।
चलचित्र च्यारिटी शो नेपाल मगर महिला संघ केन्द्रीय अध्यक्ष हिरु रानाको प्रमुख आतिथ्यता रहेको च्यारिटी सोमा लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष मिलन गाहा लगायत विभिन्न मगरसँग सम्बन्धीत संघसस्थाको उपस्थितीमा देखाइएको थियो । नेपाल मगर महिला संघ बुटवल नगर समितिकी कार्यवहाक अध्यक्ष नन्दा थापाले शोबाट शंकलित रकमबाट मगर महिलाहरुको नेतृत्व विकास तथा संस्थागत समृद्धिका लागि प्रयोग गरिने बताइन् ।
हर्क आलेको लेखन तथा पटकथामा बनेको चलचित्रको कार्यकारी निर्माता प्रेम थापा हुन् भने निर्माता हर्क आले, जुना थापा र मिना थापा रहेका छन् । मानोका फिल्मस् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको दिलसरा चलचित्रको निर्देशन अशोक आले मगरले गरेका हुन् । पटकथा लेखक मीना थापा हुन् ।
आदिवासी जनजाति समुदायमा महिला निर्णायक भूमिकामा हुन्छन् । घरका हरेक विषयमा उनीहरुको निर्णय महत्वपूर्ण मानिन्छ भन्ने विषयलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा माया, प्रेम, लाहुरे प्रथा, परिवारको महत्व र सफल हुन महिलाले उठाएको चुनौती सहित मनोरञ्जन, समुदायगत परिवेश लगायतका विषयलाई समावेश गरिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend