• Saturday 25th July 2026

डा. नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड

डा. नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड

सरल र सहज शैलीका डा.पाठक स्वास्थ्य उपचारमा खटिने चिकित्सकमध्ये निकै अगाडि हुनुहुन्छ ।


  • लुम्बिनी रिभ्यू

बुटवल, वरिष्ठ फिजिसियन डा. नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड प्रदान गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत उहाँलाई तिलोत्तमा जेसीजले उक्त अवार्ड प्रदान गरेको हो ।
लामो समयदेखि बुटवलमा बसेर स्वास्थ्य उपचारमा खटिइरहनु भएको छ । सरल र सहज शैलीका डा.पाठक स्वास्थ्य उपचारमा खटिने चिकित्सकमध्ये निकै अगाडि हुनुहुन्छ । पाठकले स्वास्थ्य सेवामा पुर्याएको योगदानको उच्च सम्मान सहित तिलोत्तमा जेसीजले वर्ष सम्मान अन्तर्गत यस वर्ष चिकित्सा विधामा विकित्ता नायक पुरस्कार सहित मेडिकल हिरो अवार्डबाट सम्मान गरेको हो । तिलोत्तमामा आयोजना गरिएको क्लवको पदस्थापन कार्यक्रममा सम्मान गरिएको हो ।
उहाँलाई तिलोत्तमा जेसीजका अध्यक्ष महेश शर्मा पौडेल, पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले अवार्ड सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend