• Saturday 25th July 2026

प्रधानमन्त्रीसमक्ष सगरमाथा संवादबारे सुझाव पेश

प्रधानमन्त्रीसमक्ष सगरमाथा संवादबारे सुझाव पेश


  • लुम्बिनी रिभ्यू

काठमाण्डौ । नेकपा (एमाले) केन्द्रीय विपद ब्यवस्थापन तथा स्वयम्सेवा बिभागले सगरमाथा संवाद सम्वन्धमा प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुझावहरु पेश गरेको छ ।
बिभागका प्रमुख खिमलाल भट्राई नेतृत्वको टोलीले प्रधानमन्त्री निबास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई २० सुत्रिय सुझाव पत्र पेश गरेको हो ।
बैशाख ३१ गते बिभागद्धारा आयोजित ‘सगरमाथा संवादको स्थानीयकरण ः जलबायु सशक्तीकरण र विपद् न्यूनिकरणका लागि राजनीतिक प्रतिबद्धता’ बिषयक कार्यक्रममा प्रस्तुत अबधारणाहरुका आधारमा सुझाव पेश गरिएको हो ।
पत्रमा जलबायु परिवर्तन न्यूनिकरण तथा अनुकुलन सम्वन्धमा अन्तराष्ट्रिय सहकार्य र राष्ट्रिय सन्दर्भका सुझावहरु समेटिएका छन् ।
नेपाल सरकारको आयोजनामा शुक्रबारदेखि काठमाडौमा सगरमाथा संवाद सुरु भएको छ  ।

 

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend