काठमाडौं । नेकपा एमालेले गणतन्त्र दिवसलाई आज गौरव, गरिमा र एकताको उत्सवका रूपमा मनाएको छ। गणतन्त्र दिवसको दिन आज साँस्कृतिक झाँकीसहित काठमाडौं उपत्यकाका जनतालाई भृकुटीमण्डपमा उतारेको हो।
हेर्नाेस भिडियाे
बिहान ११ बजेदेखि विभिन्न स्थानबाट निकालिएको र्याली भृकुटीमण्डपसम्म पुगेर सकिकाे थियाे। र्यालीमा विभिन्न भेषभुषा र बाजासहित सहभागी भएका थिए।





२०६५ साल जेठ १५ गते संविधानसभाले २४० वर्ष लामो राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको स्थापना भएको हो।
र्यालीपछि बाेल्दै एमाले महासचिव शंकर पोखरेल सात दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन एमालेले जनसमुदायलाई आह्वान गरे अनुसार उल्लासमय तरिकाले कार्यक्रम सम्पन्न भएकाे बताउनुभयाे ।

लुम्बिनी रिभ्यू