• Saturday 25th July 2026

वाध्यवाधनमा ताल मिलाउँदै बुटवलका महिलाहरू

वाध्यवाधनमा ताल मिलाउँदै बुटवलका महिलाहरू

मादल लगायत वाद्यवाधनप्रति महिलाको रुची बढेपछि यसवर्ष बुटवल उप महानगरपालिकाले ७ वटा वडामा वाध्यवादनको तालिम संचालन गरेको हो महिलाहरुलाई वाध्यवाधदनको सीप सिकाएर संस्कृति संरक्षण र आर्थिक रुपमा आत्मनिर्भर बनाउने उपमहानगरको योजना छ ।


  • लुम्बिनी रिभ्यू

नम्रता अर्याल
बुटवल, १६ असार – कुनै समय थियो । पुरुषहरु मादल लगायतका वाद्यवाधन बजाउथे । महिलाहरु गीत गाउथे । त्यहीगीत र मादलको तालमा महिलाहरु छमछमी नाच्थे ।अहिले समय फेरिएको छ । बुटवलका धेरै महिलाहरु यसैगरी आफैले मादल लगायतका वाद्यवाधनका साधन बजाउन थालेका छन् ।
महिलाहरुले मादल तथा वाद्यवादनका सीप सिक्ने अवसर त्यसै पाएका होइनन् । बुटवल उप महानगरपालिकाले जुटाइदिएको हो । “महिलालाई वाद्यवाधनको सीप सिकाएर सस्कृति संरक्षण गर्ने र आयआर्जनमा लगाउने उद्धेश्यले वडा वडामा तालिम आयोजना गरिएको हो । अहिले कतिपय विहे पूजा र शुभकार्यमा तालिम लिएका महिलाहरुले पन्चेबाजा बजाउने गरेको देखिन्छ । निकै खुसी लाग्छ ।” बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले भन्नुभयो । महिलाहरुले तीज गीत, भजना कृतन र सांस्कृतिक कार्यक्रममा पनि आफैले वाद्यवाधन बजाउन् भन्ने चाहना रहेको उहाले बताउनुभयो ।
मादल नेपाली लोक संगीतको सबैभन्दा सजिलो र अपरिहार्य वाद्यवाधन हो । विवाह, जात्रा, पूजा, नाचगान जहाँजहाँ नेपाली लोक संस्कृति पुग्छ । मादल त्यही गुन्जन्छ । तीजका गीत हुन् वा भजन कृतन । बिहेमा नाच्ने रत्यौली नै किन नहोस् । यी महिलाहरु हरेक सास्कृतिक पर्वमा आफैले मादल बजाएर रमाइलो गर्न र व्यवसायीक बन्न चाहान्छन् ।
नगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल मादल लगायत वाद्यवाधनप्रति महिलाको रुची बढेपछि यसवर्ष बुटवल उप महानगरपालिकाले ७ वटा वडामा वाध्यवादनको तालिम संचालन गरेको बताउनुहुन्छ । महिलाहरुलाई वाध्यवाधदनको सीप सिकाएर संस्कृति संरक्षण र आर्थिक रुपमा आत्मनिर्भर बनाउने उपमहानगरको योजना रहेको उहाको भनाइ छ।


नेपाली सांगीतिक परम्परामा महत्वपूर्ण वाद्यवाधन हो, मादल । लोकगीत, भजन, नाचगान, र धार्मिक कार्यहरूमा संगीतका लागि मादल बजाइन्छ । मादलको यही लोकप्रियता बचाउदै लोक संस्कृतिको संरक्षण र व्यवसायिकताका लागि भन्दै बुटवलका महिलाहरु मादल बजाउन सिकेका हुन् । महिलाहरु गीतअनुसार मादलको ताल मात्र होइन, मादलको ताल अनुसार गीत गाउन अभ्यास पनि गरिरहेका छन् ।
मगर समुदायबाट प्रचलनमा आएको मादल अहिले देशभरका सबै जातजाति र समुदायमा लोकप्रिय छ । मादलसंगै हार्मोनियमप्रतिको क्रेज पनि बढीरहेको छ । घरमा बसेर समय खेर फालीरहेका महिलाहरुले मादल लगायत वाद्यवाधनको सीपलाई व्यवसायीक बनाउन सके संस्कृति संरक्षण र आयआर्जनको गतिलो माध्ययम बन्ने सिकारुहरुको अनुभव छ ।
महिलाहरुले वाद्यवाधन सिक्दाको दृश्य पनि कम रोचक थिएन । एक दृश्य सम्झौं । जेठको टन्टलापुर घाम । बुटवल ११ को एक सामुदायिक भवनभित्र मादलको घिनतानघिनको आवाज गुन्जिन्छ । मादल कसेर अधवैसे महिलाहरु । बस्नुभएको थियो ४० वर्षीया गीता थापा। उनको अनुहारमा सुरको अनुशासनसँगै उत्साहको झल्को छ। त्यही पंक्तिमा अर्की महिला सारंगीको तानमा डुबिरहेकी छन्। कहिले हातको चाल मिल्दैन, कहिले ताल छुट्छ, तर अभ्यास रोकिँदैन । “बचपनमा देउसी खेल्दा छिमेकी दाइहरूले मादल बजाउँथे, हामीले त नाच्ने मात्र। अहिले भने त्यो रहर पूरा भइरहेको छ,” गीताले सुनाउनुभयो ।
महिलाबाट संगीतको पुनरुत्थान
बुटवलमा पहिलो पटक वाध्यवाधन सिक्ने महिलामुखी तालिम सञ्चालन गरिएको छ। बुटवल उप महानगरपालिकाको लगानीमा वाध्यवाधन तालिम संचालन भएको हो । त्यमा सामाजिक संस्था र स्थानीय संगीत प्रेमीहरूले सहकार्य गरेका थिए । एक तालिममा करिब ३० जना महिला सहभागी भएका थिए । जसको उमेर १८ देखि ५५ वर्षसम्मको रहेको थियो ।
“सामाजिक मान्यताले अझैपनि महिलालाई हेर्ने दृष्टिकोण साँघुरो छ,” वाध्यवाधन प्रशिक्षक एवं संगीतकार सुरेश सेन्चुरीले सुनाउनुभयो, “तर संगीतको ताल र लयको लिंग हुँदैन। ” चाहे भने महिलाहरू पनि वाध्ययन्त्र समाउन र बजाउन सक्छन् भन्ने सन्देश दिन तालिम उपयोगी भएको छ ।


आत्मबल र सीपको संगम
तालिममा सहभागी महिलाहरूले वाध्यवाधन सिक्नुलाई केवल सीप सिक्ने माध्यम मानेका छैनन्, उनीहरूले यसलाई आत्मबल निर्माणको उपायका रूपमा पनि बुझेका छन्। कसैले घर–परिवारमा सीपको सम्मान बढेको बताएका छन् । कसैले समुदायमै आफूलाई नयाँ भूमिकामा प्रस्तुत गर्न थालेका छन् ।
हार्मोनियम बजाउन सिकेकी एक महिला भननुहुन्छ “ हार्मोनियम बजाउन सुरु गर्दा हात नै दुख्थ्यो। तर आज म आत्मबलका साथ बजाएँ । अहिले त हार्मोनियममा गीतको धुन निकाल्न सक्छु । समूह बनाएर सिकेका छौं । महिला मात्रको सांगीतिक टोली बनाएर सिकेका छौं।” अब तीज गीत, रत्यौली, भजन र कृतन गाउदा पुरुषहरुलाई खेताला खोज्न पर्नेछैन । आफैले मादल र संगीत बजाएर रमाइलो गर्न सक्ने उनले बताइन् ।
महिलाहरुले वाध्यवाधन बजाएका कथाहरू सामान्य लाग्न सक्छन्, तर सामाजिक संरचना भित्र गहिरो प्रभाव पार्ने खालका छन्।
पुरुष स्थापित क्षेत्रमा महिलाको उपस्थिति
सामाजिक रूपमा वाध्यवाधन बजाउने काम पुरुषले गर्छन् । मादल, ढोलक, तबला, झ्याली, सारंगी जस्ता वाध्ययन्त्रहरू पुरुषहरूले मात्र बजाउने परम्परा जस्तै बनेको थियो। महिलाहरू गाउने, नाच्ने, र हेर्ने भूमिकामै सीमित थिए। तर बुटवलमा महिलाहरु यो भूमिका बदल्ने अभ्यासमा छन् । ४५ वर्षीया कल्पना अधिकारी भन्नुहुन्छ्, “दाजुभाइले मादल बजाएको सधैं हेरेको मात्र थिएँ । तर, मादल बजाउने सीप सिक्छु भन्ने कहिल्यै सोचेको थिइनँ । अब चाहिँ म नै बाजा बजाउन सिके । गर्व लाग्न थालेको छ।”


वाध्यवाधनका तालिम सकिएका स्थानमा महिलाहरूको समूह बनाइएको छ । ती समूहले विवाह, पुजा, संस्कृति कार्यक्रम लगायतमा आफ्नै वाध्यवाधन टोलीमार्फत प्रस्तुति दिन थालेका छन् । यसले महिलालाई आर्थिक अवसर पनि सिर्जना गर्नेछ। “महिलाले गाउन सक्ने मात्रै होइन, बाजा पनि बजाउन सक्छन् भन्ने सन्देश दिन वाध्यवाधन तालिम सहयोगी हुनेछ।” बुटवल उप महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले सुनाउनुभयो ।
बुटवलमा सुरु गरिएको यो सांगीतिक अभ्यास केवल बाजा बजाउने अभ्यास मात्र होइन, यो एक सांगिकतिक चेतनाको जागरण हो । गायिका तथा विश्व हिन्दु महासंघमा आवद्ध माया पाठक भन्नुहुन्छ,“ वाद्यवाधन धार्मिक, सांगितिक र सांस्कृतिक तीनवटै कामका लागि आवश्यक थियो । बुटवल उपमहानगरले महिलालाई वाद्यवादन सिकाएर धार्मिक, सांगितिक र सांस्कृतिक अभियानमा महिलाको भूमिका बढाएको छ । यसैलाई पेशा बनाएर व्यवसाय गर्ने अवसरको ढोका पनि खोलीदिएको छ ।”

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend