• Saturday 25th July 2026

कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण

गत वर्षको तुलनामा ९ प्रतिशतले बढी विद्यार्थी उत्तीर्ण


  • लुम्बिनी रिभ्यू

बुटवल — कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१।१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल९ननग्रेड० भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । यस पटक नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

क्ष्mउचयखझभलत ष्ल ऋबिकक ज्ञद्द चभकगतिक, टज्ञ।ज्ञठ उभचअभलत उबककभमगत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए । नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको थियो । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी पनि परीक्षामा सहभागी थिए । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजारले परीक्षा दिएका थिए । मनाङरमुस्ताङमा १र१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौं केन्द्रित सडक आन्दोलनले वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो । जेठ २ गते परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण लगायतको काम सुरु भएको थियो । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend