• Saturday 25th July 2026

जनउत्थान साकोस बुटवल सेवा केन्द्रको साधारण सभा सम्पन्न

जनउत्थान साकोस बुटवल सेवा केन्द्रको साधारण सभा सम्पन्न


  • लुम्बिनी रिभ्यू

बुटवल, असोज ४ – जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिलिमिटेड तिलोत्तमा–१५ कोटिहवा अन्तर्गतको बुटवल सेवा केन्द्रले आफ्नो साधारण सभा सम्पन्न गरेको छ।

बुटवल–११ देवीनगरस्थित नविन औद्योगिक कद्दर बहादुर रीता माध्यमिक विद्यालयमा सम्पन्न सभामा सेवा केन्द्र संयोजक जोगबहादुर सूर्यवंशी सभाध्यक्ष रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि बुटवल–११ का वडा सदस्य युवराज रानाले जनउत्थानले वित्तीय साक्षरतामा उल्लेखनीय योगदान दिँदै आएको भन्दै सहकारीको पारदर्शी कार्यशैलीकै कारण आफ्ना परिवारका सबै सदस्य यस संस्थामा आवद्ध भएको बताए। त्यस्तै बुटवल–८ की वडा सदस्य सीता खनालले सहकारीले वास्तवमै जनताको उत्थान गर्ने खालका गतिविधि सञ्चालन गरिरहेको उल्लेख गरिन्।

सदस्य गोमा ढुङ्गानाले जनउत्थान साकोसले सामाजिक दायित्वअनुरूप सरकारले छुन नसकेका क्षेत्रमा समेत काम गर्दै जनताको विश्वास जित्न सफल भएको धारणा राखिन्। कार्यक्रममा स्वागत मन्तव्य कुलबहादुर केसीले गरेका थिए भने सञ्चालन सीता गाहाले गरेकी थिइन्।

साधारण सभामा संयोजक सूर्यवंशीले सेवा केन्द्रको वास्तविक तथा अनुमानित आय–व्यय विवरण प्रस्तुत गरे। सदस्य गीता खनालले ूनाफाभन्दा सदस्य सेवामा जोडू भन्दै संस्थाले सञ्चालन गरिरहेको ‘एज केयर सेन्टर’बारे जानकारी दिइन्। सल्लाहकार ईश्वरचन्द्र पोखरेलले सहकारी असफल हुने कारणबारे प्रष्ट पार्दै बाहिरबाट आएर सहकारी सञ्चालन गर्ने, अपचलन गर्ने तथा बोनसको नाममा शेयर रकम बढाउने प्रवृत्तिले धेरै सहकारी डुबेको उदाहरण प्रस्तुत गरे।

बुटवल सेवा केन्द्रमा हाल शेयर सदस्य संख्या १,९२८ रहेको छ भने कुल पुँजी ११ करोड १६ लाख  पुगेको छ। यसमध्ये ऋण लगानी १३ करोड ३७ लाख र बचत संकलन ९ करोड ६४ लाख रहेको छ। त्यस्तै, जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको समग्र शेयर सदस्य संख्या ३९ हजार ६९०, कुल पुँजी ४४४ करोड, ऋण लगानी ३३५ करोड र बचत संकलन ३४६ करोड पुगेको छ।  साधारण सभाले तीन सदस्यीय प्रतिनिधि चयन गर्दै औपचारिक रुपमा समापन गरिएको थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend