बुटवल. तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा शुक्रबा।र बुटवलमा सम्पन्न भएको छ । बुटवल ९ मा केन्द्रीय कार्यालय रहेको सहकारीमा ६ सय ७० जना सदस्य छन् । १ करोड ७१ लाख ६६ हजार ९ सय शेयर पूजी रहेको सहकारीले ५ करोड ४० हजार रुपैया वचत निक्षेप गरेको छ ।
साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरकाका सहकारी शाखा प्रमुख गुणकर खनालले सहकारीको अनुशाशन पालना गरेर अगाडि बढ्न निर्देशन दिए । उनले सहकारीमा सदस्य मात्र नबनी सहकारीका हरेक गतिविधि निगरानी गर्न समेत सदस्यहरुलाई आग्रह गरे ।
सहकारीका अध्यक्ष दूर्गा पौडेलले सहकारीलाई आर्थिक र वित्तिय अनुशाशनमा राखी अगाडि बढाएको बताए । उनले सदस्यको वचत तथा ऋणको सुरक्षा गरी सदस्यता वृद्धि र खराब कर्जा न्यूनिकरणमा सस्थाले अभियान नै चलाएर अगाडि बढेको समेत जानाकारी दिए ।

साधारण सभामा बोल्दै विशिष्ठ अतिथि बुटवल ९ की सदस्य इनदीरा द्दवालीले बुटवल ९ मा रहेको सहकारीले वचत ऋण प्रवाह देखि सदस्यहरुलाई सुबिधा दिने विषयमा अरु सहकारीलाई उछिन्नु पर्ने बताइन् । साधारण सभाका विशिष्ठ अतिथि माधव प्रसाद नेपालले सहकारीमा पछिल्लो समय देखिएको विचलन चिरेर अगाडि बढ्न सुझाब दिए । अर्का अतिथि रामचन्द्र आचार्यले सहकारी वचत र ऋणमा मात्र सिमित नभइ सदस्यहरुको क्षमता बढाउने काममा पनि लाग्न आग्रह गरे ।

साधारण सभामा अध्यक्ष दुर्गा पौडेल कोषाध्यक्ष निर्दोष पाण्डे र लेखा सुपरिवेक्षण समितिका तर्फबाट संयोजक कृष्णप्रसाद पाण्डेले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनलाई साधारण सभाबाट पारित गरिएको थियो । साधारण सभामा सहकारीका सस्थापक सदस्यमध्ये ज्येष्ठ सदस्य , उत्कृष्ठ ऋृणी, उत्कृष्ठ अंक ल्याउने विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो । ्कार्यक्रम सचिव नगेन्द्र प्रसाद नेपालले संचालन गरेका थिए ।

लुम्बिनी रिभ्यू