लुम्बिनी रिभ्यु
सोलुखुम्बु , सोलुखुम्बुको लोबुचेमा बुधबार अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले बताइन् ।
हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने थिएनन् । हेलिकप्टरका पाइलट विवेक खड्का भने सकुशल रहेको उनले बताइन् । लुक्ला विमानस्थलका अनुसार बिहान ८स्१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७स्४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो ।

लुम्बिनी रिभ्यू