• Saturday 25th July 2026

सम्वाेधन गर्दा गर्दै ढलेका मजदुर नेता गाैतमकाे निधन

सम्वाेधन गर्दा गर्दै ढलेका मजदुर नेता गाैतमकाे निधन


  • लुम्बिनी रिभ्यू

बुटवल । कार्यक्रमलाइ संवाेधन गरिरहेका बेला एक्कासी ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ । गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याईएको थियाे ।

अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवेले अस्पतालमा ल्याउने क्रममै उहाँको मृत्यु भैसकेको बताए ।

रुपन्देहीमा १३ वटा उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रमलाइ उनले सम्वाेधन गरिरहेका थिए ।

गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए ।

बुटवलकाे लक्ष्रमीनगर निवासी मजदुर नेता गाैतम साहसी र संघर्षशिल थिए ।

कार्यक्रमलाइ संवाेधन गर्दै मजदुर नेता गाैतम

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend