• Saturday 25th July 2026

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब केलाई कति ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब केलाई कति ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।  पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले जानकारी गराएको छ ।

आयोगका अनुसार  पेट्रोलमा १ र डिजेल/मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ ।

यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend