अहिले धमाधम कोरोना सम्वनिध गीतहरु सार्वजनिक भइरहेका छन् ।
यसैक्रममा माया प्रेमका गीतमा शब्द कोर्दै आएकी गीतकार अम्बिका गुरुङले बिश्वभर महामारिको रुपमा फैलदै गरेको कोरोना भाइरसबाट बच्ने सचेतना गीत ‘लौ आयो के आयो’ बोलको बनाएकी छन् ।
दिपक शर्माले संगीत गरेको गीतमा स्वर धुर्व बिस्कोले स्वर दिएका छन् ।
गीतको भिडियो समेत बनेको छ । भिडियो सुरज अधिकारीको अभिनय देख्न सकिन्छ । राज खड्काको निर्देशन रहेको भिडियोमा बिष्णु खड्को सम्पादन र बिजय लामाको छायाँकन रहेको छ ।
गीतले गरिब निमुखाले कोरोना समस्याबाट कसरी पार पाउलान् भन्ने बिषय उठाएको छ ।

लुम्बिनी रिभ्यू