• Saturday 25th July 2026

मतदाताले लिला गिरीलाई भने : चुनाब जित्नुस् र लुम्बिनीको मुख्यमन्त्री बन्नुस्

मतदाताले लिला गिरीलाई भने : चुनाब जित्नुस् र लुम्बिनीको मुख्यमन्त्री बन्नुस्


  • लुम्बिनी रिभ्यू

बुटवल । एमाले नेता लिला गिरीलाई विकासका अधुरा कामलाई टुंगोमा पुर्याएर नमुना तिलोत्तमा बनाउन मतदाताहरुले माग गरेका छन् । उनीहरुले जनमैत्री विकास र संवृद्धिका लागि चुनाब जित्न र लुम्बिनीको मुख्यमन्त्री बन्न पनि आग्रह गरे ।
तिलोत्तमामा चुनाबी कार्यक्रम लिएर घर दैलोमा गएका रुपन्देही क्षेत्र नं २ (१) का नेकपा एमालेका उम्मेदवार लिला गिरी सहितका नेताहरुलाई मतदाताले समृद्ध देश र विकासका अधुरो काम टुंगोमा पुर्याउनेलाई आफुहरुले मत दिने बताए ।

योगिकुटीबाट सुरु भएको घरदैलो अभियानमा उम्मेदवार गिरीले जेष्ठ नागरिक, युवा तथा स्थानियका सुझावहरु समेत लिएका थिए । अधिकांश सुझाव दिनेहरुले एमाले सरकारमा रहँदा अघि बढाएका कतिपय योजना अधुरै रहेको गुनासो गर्दै पूरा गर्न सुझाय ।

घरदैलो अभियानकै क्रममा विभिन्न टोलमा भएको चुनावी कार्यक्रममा त्यहाँका बासिन्दाले राजनीतिक स्थायित्व र विकासका कामलाई टुंगोमा पुर्याउन र प्रदेशको नेतृत्व एमालेले गर्दा शुसासन कायम गर्न सुझाव पनि दिए ।

ठूला तथा धेरै दलहरुले गठबन्धनले सरकार चलाउँदा आर्थिक मितिव्यीयता समेत नभएको र जम्बो मन्त्रिपरिषद् बनाउँदा राज्यको दोहन भएको भन्दै मंसिर ४ पछि बन्ने सरकार चुस्त,दुस्त र जनताका लागि सक्रिय सरकार बन्नुपर्ने बताए । उनीहरुले योगिकुटी शारदा स्कुल सडक, अव्यवस्थित बसोबासीलाई लालपुर्जा, स्रोह छत्तिस नहरको व्यवस्थापन, भित्रि सडकका लागि कालोपत्रे गर्न सुझाव दिएका थिए ।
मतदाताले दिएको सुझाव पछि नेता गिरीले एमाले नेतृत्वको सरकार बन्न साथ भुमिहिन, अव्यवस्थित र सुकुमबासीहरुको समस्या समधान पहिलो प्राथमिकतामा राख्ने बताए ।

एमाले नेतृत्वको सरकारमा रहँदा भूमि आयोगनै गठन गरी यसको समधानको प्रयास गरेपनि सरकार परिर्वतन भएपछि उक्त काम अधुरो रहेको बताए । साथै उनले तिलोत्तमा क्षेत्रलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न बनबाटिकाका अलवा अनेत्र पनि बहुउपयोगी पार्क निर्माणको योजना अघि बढाउने बताए ।
बनबाटिका राष्ट्रिय स्तरमा समेत परिचित भइसकेको र बहुउद्देश्यीय टावर समेत सञ्चालनको प्रक्रियामा रहेको भन्दै अब तिलोत्तमा साच्चै समृद्ध बन्ने बताए ।उनले तिलोत्तमा भित्र निर्माण हुन लागेको बुटवल मेडिकल कलेज पनि एमाले नेतृत्वको सरकार गठन भएपछि पूरा हुने बताए । तिलोत्तमालाई शिक्षा, स्वास्थ्य, पर्यटकिय हवको रुपमा विकास गर्ने बताउँदै नेता गिरीले समग्र तिलोत्तमाको विकास र प्रदेशको समृद्धिका लागि एमालेलाई मत दिन आग्रह गरे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend