
बुटवल । एमाले नेता तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले विकास र परिवर्तनका नमुना काम एमालेले मात्रै गर्ने बताएका छन् ।
रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार समेत रहेका उनले एमालेले ल्याएको विकासकै कारण अहिले बुटवल विकासमा नमुना रहेको बताए । उनले घोषणापत्र मार्फत नेकपा एमालेले ल्याएका २० ग्यारेन्टी पूरा गर्न एमाले कटिबद्ध भएको पनि बताए । ू२०५४ सालको एमाले सरकारको योजनाको ट्याकमा बुटवल अगाडि बढेको जुन देशमै योजनाबद्ध बिकास गर्ने नमुना बनेको छउनले जनाए ।
बिहीबार बुटवल २ का विभिन्न टोलका मतदाता तथा सैनामैना ३ को महिला भेलालाई सम्बोधन गर्दै श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्न एमाले प्रतिबद्ध रहेको बताए । उनले जनताको पक्षमा वकालत गर्न, सुकुम्बासी समस्या समाधान गर्न, निस्शुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, गर्न हरेक निकाय संग समन्वय गरेर समाजमा रहेका हरेक समस्याको समाधान गर्न नेकपा एमालेको नेतृत्वमा आफू सधैं तयार रहेको बताए । गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकार प्रति बितृष्णा रहेको बताउँदै श्रेष्ठले प्रदेश सरकार चुस्त कम खर्चिलो बनाउने बताए ।

लुम्बिनी रिभ्यू