भैरहवा । नेकपा एमाले, राप्रपा र जसपाको ३ दलिय तालमेलको तर्फबाट आसन्न निर्वाचनलाई मध्यनजर गर्दै १३० बुदे योजना सहित प्रतिबद्धतापत्र सार्वजनिक भएको छ ।
तीन दलिय तालमेलको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेपछि रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभाका उम्मेदवार दीपक बोहोराले विगतमा पनि आफुले दीर्घकालिन विकासको योजना रुपन्देहीमा सन्चालन गरेको र आगामी दिनमा पनि अझ बढी महत्वका योजना शुरुवात गर्ने बताए ।
उनले क्षेत्रको मानवीय, सामाजिक र भौतिक विकास नै सदैव: आफ्नो प्राथमिकता रहेको बताए ।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभाको उम्मेदवार महेन्द्र यादवले प्रतिबद्धतापत्रमा उल्लेख भएका योजनालाई अक्षरश: लागु गर्नेगरी काम गर्ने बताए ।
यसैगरी प्रदेश सभामा क्षेत्र नम्बर ३ (२) का उम्मेदवार तुलसी प्रसाद चौधरीले सामाजिक र मानविय विकासमा आफुहरुको मुख्य काम हुने बताए ।
एमाले, राप्रपा र जसपाको तीन दलिय तालमेलको तर्फबाट सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा पुर्वाधार निर्माण र विकासदेखि सञ्चार विकास सम्मको १३० बुदें योजना समेटिएका छन् ।
प्रतिबद्धता लेखन समितीका संयोजक प्राडा.कपिलदेव लामिछानेको अध्यक्षता तथा सिए शिवहरी शर्माको स्वागत र विष्णु गौतमको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा एमाले नेता भरत कुमार पोखरेल, पुर्वगृहमन्त्री निरन्जन थापा लगायतले मन्तब्य राख्दै समग्र रुपन्देहीको विकासकोलागि तीन दलिय तालमेलको टिमले काम गर्ने बताए ।

लुम्बिनी रिभ्यू