
लुम्बिनी । रुपन्देही निर्वाचन क्षेत्र ५ का उम्मेदवार वासुदेव घिमिरेले लुम्बिनीमा विकासको मूल फुटाउन एमालेलाई जिताउन आग्रह गरेका छन् ।
लुम्बिनीमा आयोजित कार्यकर्ता भेलामा उनले लुम्बिनीबाट स्थानीयले लाभ लिने गराउन आफू लुम्बिनी आएको बताए । लुम्बिनीमा आउने पर्यटकबाट अब स्थानीयले फाइदा लिने बनाउन र यहाको पहिचान बढाउने काममा आफू सधै लाग्ने उनले जनाए ।
नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का साझा उम्मेदवार बासुदेव घिमिरेले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गर्ने बताए । उम्मेदवार घिमिरेले एमाले नेतृत्वको सरकारले मात्र अव्यवस्थित र सुकुम्बासीहरुलाई जग्गाको वास्तविक मालिक बनाउने दावी गरे ।

लुम्बिनी रिभ्यू