• Saturday 25th July 2026

बुटवलमा फेरि पनि विष्णु पौडेल नै विजयी

बुटवलमा फेरि पनि विष्णु पौडेल नै विजयी


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देही–२ को प्रतिनिधि सभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गर्नुभएको हो ।

अन्तिम मत परिणामअनुसार एमाले उम्मेदवार पौडेलले २७ हजार एक सय ४८ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ हजार सात  सय ८२ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।

सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत प्राप्त गर्नुभयो । एक लाख २६ हजार आठ सय सात मतदाता रहेको यस क्षेत्रमा ८० हजार छ सय ५१ मत खसेको थियो । बदर मत ३१ सय ९३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend