• Saturday 25th July 2026

जाडोमा छाला सुख्खा हुने कारण र जोगिने उपाय

जाडोमा छाला सुख्खा हुने कारण र जोगिने उपाय


  • लुम्बिनी रिभ्यू

बुटवल, चिसो दिनमा मानिसहरू प्रायः कोठा न्यानो राख्न विभिन्न प्रकारका उपाय अपनाउँछन्।

यसो गर्दा कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ । २० चिसो मौसम, तीब्र हावा र वर्षाले छालाको प्राकृतिक मोस्चराइजिङ तेल खोस्छ।

जाडोमा प्राय मानिसहरु तातो पानीले नुहाउने गर्छन्, यसो गर्दा छालाको प्राकृतिक तेल छालाबाट गायब हुन थाल्छ । यसर्थ जाडोबाट बच्न निम्न उपाय अपनाउनुपर्छ ।

जाडोमा छाला सुख्खा हुनबाट जोगिने उपायहरु
१. जाडोमा छालालाई हाइड्रेटेड राख्नु निकै जरुरी हुन्छ । यसका लागि पर्याप्त मात्रामा पानी पिउनुहोस् र छालालाई मोइस्चराइज गर्नुपर्छ ।

२. चिसोमा मनतातो पानीले नुहाउनुपर्छ। यसले छालाबाट प्राकृतिक तेल निस्कनबाट रोक्छ र छाला सुख्खा हुँदैन।

३. चिसोमा बाहिर जाँदा आफ्नो छाला छोप्न बिर्सनुहुदैन। यसबाट छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ।

४. कडा साबुन र डिओडोरेन्टहरूले छालालाई हानी पुर्‍याउन सक्छ। त्यसैले यसको प्रयोग नगरौं ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend