• Saturday 25th July 2026

गगन थापाद्वारा कांग्रेस सभापतिबाट राजीनामा, तर बैठकमा अस्विकृतका लागि पेश हुने

गगन थापाद्वारा कांग्रेस सभापतिबाट राजीनामा, तर बैठकमा अस्विकृतका लागि पेश हुने


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । राजीनामा सार्वजनिक गरिएको छैन ।

उनले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाएका थिए । उनलाई पार्टीभित्रैका केही नेताहरुले पनि नैतिकताका आधारमाराजीनामा दिन सुझाव दिएका थिए ।

‘निर्वाचनमा अप्रत्याशित नतिजाको नैतिक जिम्मेवारी लिँदै उहाँले राजीनामा दिनु भएको हो,’ सहमहामन्त्री प्रकाश रसाइलीले भने, ‘राजीनामाका विषयमा भोलि छलफल हुन्छ ।’

थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए ।

थापा आफैँ पनि प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट पराजित भएका थिए ।

आमनिर्वाचन समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने छ । तर बैठकमा राजीनामा  अस्विकृतका लागि पेश हुने श्रोतले बतायो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend