• Monday 23rd November 2026

बालेनसँग जयशंकरको भेट, नेपालसँगको मित्रतालाई उच्च महत्त्व दिने भारतको सन्देश

बालेनसँग जयशंकरको भेट, नेपालसँगको मित्रतालाई उच्च महत्त्व दिने भारतको सन्देश


  • लुम्बिनी रिभ्यू

काठमाडौं — भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। भेटपछि विदेशमन्त्री जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिने बताउनुभएको छ।

आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा भएको भेटवार्तापछि जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपालसँगको विशेष सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको हो।

उहाँले प्रधानमन्त्री शाहसँग भेट गर्न पाउँदा खुसी लागेको जनाउँदै नेपालका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भेटवार्ता तथा अन्य कार्यक्रमको प्रतीक्षामा रहेको बताउनुभएको छ।

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीचको भेटलाई दुई देशबीचको सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

यसैबीच, प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। उक्त भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल–भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको यस भ्रमणमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेशमार्ग, व्यापार, पूर्वाधार तथा अन्य द्विपक्षीय विषयले समेत प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend