• Saturday 25th July 2026

मिस इङल्याण्डको ताज निकाल्दै कोरोना विरामीको उपचारमा

मिस इङल्याण्डको ताज निकाल्दै कोरोना विरामीको उपचारमा


  • लुम्बिनी रिभ्यू

कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङल्याण्ड आफ्नो पुरानो पेशामा फर्किएकी छन्। भारतीय मुलकी भाषा मुखर्जीले आफ्नो क्राउन निकाल्दै विरामीको उपचारको लागि अस्पताल जाने निर्णय गरेकी हुन्। उनी चिकित्सक हुन्।

सीएनएनलाई दिएको एक अन्तर्वारतामा उनी अघिल्लो हप्ता आफु बेलायत आएको बताएकी छन्। मिस इङल्याण्ड चुनिएपछि विभिन्न मानविय कार्यको लागि बाहिर रहेको उनले बताएकी छन्।

उनी पहिले बोस्टनको पिलग्रिम अस्पतालमा जुनियर डाक्टर थिइन्। उनी श्वासप्रश्वास सम्वन्धी विशेषज्ञ हुन्।

‘देशमा महामारी बढीरहेको छ। अहिले देशलाई हामी जस्ता डाक्टरको अवश्यक छ। यसैले यो निर्णय लिएकी छु’, उनले भनेकी छन्। उनले अहिले आफ्नो लागि सबैभन्दा पहिले जानुपर्ने ठाउँ अस्पताल भएको बताएकी छन्। उनले पहिले काम गरेको अस्पतालमा नै काम सुरु गर्ने बताएकी छन्। १५ दिनको क्वारेन्टाइन पछि उनी काममा जाने छन्।-एजेन्सी

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend