
भैरहवा । रुपन्देही ३ का राप्रपा, एमाले र जसपाका उम्मेदवारहरुले पूूर्ण प्रेस स्वतन्त्रता र व्यवसायिक आम सञ्चार बनाउने प्रतिवद्धता जनाएका छन् ।
प्रतिवद्धता पत्रको सूचना तथा सञ्चार शीर्षकमा प्रेसलाई पुर्ण स्वतन्त्र राखिनेछ भने आम सञ्चारलाई व्यवसायीक र जिम्मेवार बनाइने उल्लेख छ ।
तीन दलिय तालमेलका तर्फबाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा, प्रदेश सभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव र तुलसी चौधरीकोलागि संयुक्त प्रचार प्रसार समितीले विभिन्न शीर्षकमा १३० वुंदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
प्रत्येक नागरिकहरुमा आधुनिक सूचना तथा सञ्चारको पहुचमा वृद्धि गरिने उल्लेख गछ । यसैगरी लुम्बिनी प्रेस क्लबको भौतिक विकास र नेपाल पत्रकार महासंघको लागि आवश्यक सहयोग गरिनेगरी योजना सार्वजनिक गरिएको छ । प्रतिवद्धतापत्रमा रुपन्देहीका पत्रकारहरुकोलागि विकास र सुशासन सम्बन्धी पत्रकारिता तालिम तथा फेलोसीपको व्यवस्था गरिने उल्लेख छ भने सार्वजनिक क्षेत्रमा फ्री वाईफाई जोनको व्यवस्था गरिने उल्लेख छ।
प्रतिवद्धतापत्रमा सञ्चार क्षेत्रलाई राज्यकोषबाट विशेष सहयोगको व्यवस्था गर्दै यस क्षेत्रलाइ मिडीया तथा अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ ।
प्रतिवद्धतापत्र मस्यौदा निर्माण समितिका संयोजक सिए शिवहरी शर्माले भैरहवामा पत्रकारिता अनुसन्धान प्रतिष्ठानकोलागि सहयोग गर्ने तथा अग्रज पत्रकारहरुकोलागि सामाजिक सुरक्षा पेन्सन योजनामा सहयोग गरिनेगरी सन्चार क्षेत्रमा काम गर्ने योजना ल्याइएको बताए ।

लुम्बिनी रिभ्यू